तनहुँ : नेपाल पत्रकार महासंघ तनहुँको पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले हतारिएर पत्रकारिता नगरी सत्यतथ्यको आधारमा गर्नु पर्ने बताउनुभयो ।
महिला, दलित, अल्पसंख्यकको आवाज पत्रकारिताले उठान गरिरहेको प्रति प्रशंसा व्यक्त गर्दै सांसद गुरुङले पत्रकारिताको धर्म भनेको निष्पक्ष र स्वच्छ हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पत्रकार आचार संहिता उल्लंघन नगरी सत्य, तथ्यको आधारित पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अरुण पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु प्रदीप काफ्ले, त्रिभुवन पौडेल, गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, प्रेस चौतारी नेपाल तनहुँका सहअध्यक्ष बिबि श्रेष्ठ, प्रेस संगठन तनहुँका अध्यक्ष सानेबहादुर नेपाली, नेपाल पत्रकार महासंघ तनहुँका सल्लाहकार गोरा मिया, महासंघका निर्वतमान उपाध्यक्ष नारायण खड्का लगायतले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा निवर्तमान अध्यक्ष ओमकार आचार्यले नवनिर्वाचित अध्यक्ष उज्ज्जल पौडेललाई माइन्युट हस्तान्तरण गर्नुभयो । कार्यक्रममा निर्वाचन समितिका संयोजक कमला मोहन वाग्ले, सदस्यहरु शिवदक्त ढकाल, त्रिभुवन श्रेष्ठलाई निर्वाचन सफल बनाउन योगदान दिएकामा सम्मान गरिएको थियो ।