एमालेले तोक्यो शुक्लागण्डकीका सबै वडामा इन्चार्ज, अध्यक्ष र सचिव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमालेले तोक्यो शुक्लागण्डकीका सबै वडामा इन्चार्ज, अध्यक्ष र सचिव

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०७८, शनिबार

    दुलेगाैडा : नेकपा एमालेले शुक्लागण्डकी नगरपालिकाका सबै वडामा इन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । शुक्लागण्डकी नगर कमिटीको शुक्रबार सम्पन्न बैठकले १२ वटै वडामा इन्चार्ज, अध्यक्ष र सचिव तोकेको हो ।

    वडा नम्बर १ को इन्चार्जमा रघुनाथ पौडेल, अध्यक्षमा मनबहादुर गुरुङ र सचिवमा नारायण ढकाल तोकिएका छन् । वडा नम्बर २ को इन्चार्जमा धर्मप्रकाश तिम्सिना, अध्यक्षमा रामचन्द्र खनाल, सचिवमा दुर्गादत्त सापकोटा, वडा नम्बर ३ को इन्चार्जमा बलराम घिमिरे, अध्यक्षमा राजन रिमाल, सचिवमा राम लम्साल, वडा नम्बर ४ को इन्चार्जमा पूर्णकुमार श्रेष्ठ, अध्यक्षमा कुलबहादुर भुजेल, सचिवमा प्रकाश लामिछाने, वडा नम्बर ५ को इन्चार्जमा धनेश्वर श्रेष्ठ, अध्यक्षमा काशीप्रसाद जोशी र सचिवमा पदमप्रसाद तिम्सिना चुनिनुभएको छ ।

    त्यस्तै वडा नम्बर ६ को इन्चार्जमा कृष्णबहादुर पौडेल, अध्यक्षमा माधव अधिकारी, सचिवमा कुलकुमार कुमाल, वडा नम्बर ७ को इन्चार्जमा नारायणदत्त अधिकारी, अध्यक्षमा सूर्यकला ढकाल, सचिवमा किसान गुरुङ, वडा नम्बर ८ को इन्चार्जमा रामबहादुर महत, अध्यक्षमा मोहन पौडेल, सचिवमा कुलबहादुर कुमाल, वडा नम्बर ९ को इन्चार्जमा लोकनारायण श्रेष्ठ, अध्यक्षमा मिनबहादुर श्रेष्ठ, सचिवमा लक्ष्मी पौडेल, वडा नम्बर १० को इन्चार्जमा भानु पौडेल, अध्यक्षमा मदन थापा, सचिवमा टुकराज थापा, वडा नम्बर ११ को इन्चार्जमा युवराज भट्टराई, अध्यक्षमा अग्निधर भट्टराई, सचिवमा मणि सिग्देल र वडा नम्बर १२ को इन्चार्जमा इन्द्र गुरुङ, अध्यक्षमा चुमबहादुर उचै र सचिवमा कोषबहादुर गुरुङ तोकिनुभएको छ ।

    बैठकले पार्टीको कुनै पनि पदीय जिम्मेवारीमा नरहेका नेताहरुलाई उचित जिम्मेवारी दिने उद्देश्य सहित पार्टी जिल्ला कमिटीमा सिफारिस गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा मुक्तिनाथ तिम्सिना, रघुनाथ पौडेल, बलराम घिमिरे, भानु पौडेल, पूर्णकुमार श्रेष्ठ, सूर्यकला ढकाल र युवराज भट्टराई रहनुभएको छ । नगरका सबै वडा कमिटीमा वैशाख १८ गतेभित्र बैठक सम्पन्न गर्ने निर्णय भएको नगर सचिव रघुनाथ पौडेलले जानकारी दिनुभयो ।

    बैठकले विभिन्न किसिमका भ्रमपूर्ण आश्वासन सिर्जना गरी पार्टीको झण्डा र चुनाव चिन्हको दुरुपयोग नगर्न चेतावनी दिएको छ । समानान्तर भनिएको गतिविधिप्रति पार्टीको ध्यानाकर्षण भएको र एमाले अध्यक्ष केपी ओलीले नेतृत्व गर्नुभएको पार्टीलाई सुदृढ बनाउन सबैमा आह्वान गरिएको नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सिनाले बताउनुभयो ।

    बैठकमा राष्ट्रिय परिषद् सदस्य रामचन्द्र उपाध्याय, शुक्लागण्डकी नगर कमिटी इन्चार्ज देवलाल खनाल, जिल्ला कमिटी सदस्य फूलमाया वाग्ले, रुद्र पौडेल लगायतको उपस्थिति थियो ।