उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीलाई सांसद श्रेष्ठको सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीलाई सांसद श्रेष्ठको सम्मान

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०७८, शनिबार

    तनहुँ : तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले तनहुँ उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन तथा सम्मान गर्नुभएको छ। सांसद श्रेष्ठको सचिवालयमा आयोजित कार्यक्रममा सांसद श्रेष्ठले सङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्नुभएको हो ।

    सो अवसरमा सङ्घका नवनिर्वाचित अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष इमकुमार मल्ल, द्वितीय उपाध्यक्ष कुमार मल्ल, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, वस्तुगत सदस्य कृष्ण सुनार, एशाेसिएट सदस्य शिवओम मल्ल महिला उद्यमी सभापति शकुन्तला आलेलाई सांसद श्रेष्ठले खादा ओढाएर सम्मान गर्नुभयाे ।

    साे अवसरमा बाेल्दै सांसद श्रेष्ठले व्यवसायीलाई पर्ने हरेक समस्या समाधानका लागि आफू सदैव क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयाे । सांसद श्रेष्ठले नवनिर्वाचित पदाधिकारीलाई व्यावसायिक हकहितमा लाग्न सुझाव दिनुभयाे ।

    सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले सबै राजनीतिक दलसँग समन्वय गरेर अगाडी बढ्ने बताउँदै व्यवसायीकाे हितका लागि काम गर्ने जनाउनुभयाे ।