मादीमा पौडी खेल्दा डुबेर युवक बेपत्ता, खाेजी कार्य जारी (तस्वीर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मादीमा पौडी खेल्दा डुबेर युवक बेपत्ता, खाेजी कार्य जारी (तस्वीर सहित)

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०७८, शनिबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा शनिबार एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्याङ्जा घर भई हाल साेही वडाकाे माेचाबारी बस्ने १८ वर्षीय रमेश विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    ट्याक्टरमा सहचालक काम गर्ने विक बालुवा लिन मादीमा गएका बेला पौडी खेल्न नदीमा पुगेका थिए । विकसँगै पौडी खेल्दै गरेका अर्का एक युवक बाहिर निस्किएपनि विक धेरैबेरसम्म ननिस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) को सेनाको टोलीले बेपत्ता विकको खोजीकार्य गरेपनि फेला पार्न सकेन । गणबाट खटिएका पाँच जना सेनाले मादीमा विकको खोजतलास गरेका थिए । साथै स्थानीयवासीले पनि खाेजीकार्यमा सहयाेग पुर्याएका थिए ।