विवेकशील साझा पार्टीको व्यास नगर समिति घोषणा, संयाेजकमा सलमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विवेकशील साझा पार्टीको व्यास नगर समिति घोषणा, संयाेजकमा सलमान

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०७८, शनिबार

    तनहुँ : विवेकशील साझा पार्र्टीको व्यास नगर समिति घोषणा गरिएको छ । शनिबार दमौलीमा आयोजित भेलाले नगर समितिको संयोजकमा सलमान अलीलाई चयन गरेको छ ।

    विवेकशील साझा पार्टी तनहुँका संयोजक सागर घिमिरेको संयोजकत्वमा आयोजित भेलाले १९ सदस्यीय नगरसमिति गठन गरेको छ । जसको सहसंयोजकमा विप्लता ढुङ्गाना, सदस्यहरुमा विरोध श्रेष्ठ, महमद गफार, रुपेश पन्थ, सुशीलकुमार श्रेष्ठ, उमेश पौडेल, हसिना वानु, खेमराज परियार, हमिफ महमद, टुकराज अधिकारी, सिकन्दर बक्स, आशा बस्नेत, सरस्वती कार्की आले, राजन सापकोटा, टिकाराम छिमाल, सुर्य बहादुर विक, लक्ष्मण गुरुङ र सुरेस मझकोटी रहनुभएको छ ।

    कार्यक्रममा विवेकशील साझा पार्टीका सचिवालय सदस्य एवं सङ्गठन विभाग प्रमुख निर्देश सिलवालले पार्टीले देशव्यापी रुपमा सङ्गठन विस्तार अभियानलाई तीव्र पारेको बताउनुभयो । विवेकशील साझा पार्टीका सचिवालय सदस्य एवं गण्डकी प्रदेश संयोजक महेश भण्डारीले पार्टीले गण्डकी प्रदेश अन्र्तगत सात वटा जिल्लामा सङ्गठन निर्माण गरिसकेको र बाँकी जिल्लाहरुमा चाँडै विस्तार गर्ने जानकारी दिनुभयो ।

    सो अवसरमा नगर समितिका संयोजक अलीले देशमा विद्यमान वर्तमान राजनीति बिग्रदै गएकाले यसको सुधारको निम्ति युवाहरु अगाडी आउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रमा पार्टीका केन्द्रीय सदस्य रजनी केसी, सुशीला केसी अधिकारी, तृष्णा भण्डारी, आशुतोष प्रधान, रोशनी अधिकारी, सरोज गौतम लगायतले नव–घोषित समितिलाई शुभकामना दिनुभयो ।

    पार्टीका तनहुँ संयोजक सागर घिमिरेले जिल्लाका अन्य स्थानीय तहमा पनि सङ्गठन निर्माणको तयारी गरिएको जानकारी दिनुभयो ।