तनहुँ-चितवन जाेड्ने पुल निर्माणका क्रममा एककाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-चितवन जाेड्ने पुल निर्माणका क्रममा एककाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँ र चितवनलाई जाेड्ने गरी बन्दाबन्दै भत्किएको पुल निर्माणकाक्रममा पुलको फलामले च्यापिएर एक मजदुरको मृत्यु भएको छ। ८ जना मजदुर घाइते भएका छन्।

    नदीमा खसेर फलामले च्यापिएका दुई जना मजदुरको अझै उद्धार हुन सकेको छैन। भरतपुर महानगरपालिका–१ को ठिमुरालाई देवघाटसँग जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूली नदीमा खसेका हुन्।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आइतबार बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए।

    मृत्यु हुनेमा भारत घर भएका ४३ वर्षीय विजय यादव छन्। उद्धार गरिएकाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उपचारकाक्रममा एक जनाको मृत्यु भएको हो। अन्य दुई जनाको उद्धारको प्रयास भइरहेको चितवन प्रहरीले जनायो।

    निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो। ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने ८।५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ। (सेताेपाटीबाट)