नयाँ पाठ्यक्रम अनुसारको शिक्षण सिकाई गर्न विद्यालयलाई अनुरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नयाँ पाठ्यक्रम अनुसारको शिक्षण सिकाई गर्न विद्यालयलाई अनुरोध

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०७८, आईतवार

    तनहुँ : शिक्षा विकास तथा समन्वय इकाई तनहुँले नयाँ पाठ्यक्रमको मर्म अनुसार शिक्षण सिकाई सञ्चालन गर्न विद्यालयलाई अनुरोध गरेको छ । जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखको छलफल तथा अन्तरक्रियापछि इकाईले उक्त अनुरोध गरेको हो ।

    इकाईले विद्यालयमा अनिवार्य रुपमा कम्तिमा एक थान पाठ्यक्रम राख्न, शिक्षकहरु बीचमा नयाँ पाठ्यक्रमको बारेमा छलफल गर्न, नयाँ पाठ्यक्रमको मर्म अनुसार शिक्षण सिकाइ कार्य सञ्चालन गर्न अनुरोध गरेको इकाई प्रमुख रमाकान्त शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशिक्षक तयार भइसकेको हुनाले स्थानीय तहको नेतृत्व र समन्वयमा पालिकास्तरमा पाठ्यक्रम कार्यान्वयन तालिम सञ्चालन गर्ने निर्णय भएको छ ।

    इकाईले कोभिड महामारी बढ्दो क्रममा रहेको अवस्थामा विद्यालय शिक्षण सिकाइ, विभिन्न शैक्षिक कार्यक्रम लगायत परीक्षाहरु सञ्चालन गर्दा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका स्वास्थ्य मापदण्डहरु पूर्णरुपमा पालना गर्न गराउन विद्यालयहरुलाई अनुरोध गरेको छ ।