ऑबुखैरेनीबाट सात जुवाडे पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीबाट सात जुवाडे पक्राउ

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०७८, आईतवार

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ बाट प्रहरीले सात जुवाडे पक्राउ गरेको छ। सोही ठाउँका मनबहादुर श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शनिबार सात जुवाडे पक्राउ गरेको हो।

    प्रहरीले जुवाडेका साथबाट रु एक लाख ११ हजार चार सय ४० नगद र १३ बुक तास बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मोहनप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

    पक्राउ परेका विरुद्ध जुवा सम्बन्धी कसुर अन्तरगत मुद्धा गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।