मठ मन्दिरमा जमघट गर्न रोक, आमसभा तथा जुलुस गर्न नपाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मठ मन्दिरमा जमघट गर्न रोक, आमसभा तथा जुलुस गर्न नपाइने

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०७८, आईतवार

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोनाको जोखिम बढ्दै गएपछि मठ मन्दिर तथा धार्मिक स्थलमा जमघट गर्न रोक लगाउनुका साथै वैशाख मसान्तसम्म आमसभा तथा जुलुस गर्न रोक्ने निर्णय गरेको छ ।

    आइतबार प्रेस विज्ञप्ती जारी गर्दै कार्यालयले मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी नित्यपूजा र प्राथर्ना मात्र गर्न आग्रह गरेको हो । त्यस्तै सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, जिमखाना लगायत भीडभाड हुने ठाउँहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।