करेन्ट लागेर शुक्लागण्डकीमा विद्युतका कर्मचारीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    करेन्ट लागेर शुक्लागण्डकीमा विद्युतका कर्मचारीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०७८, आईतवार

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–११ मा करेन्ट लागेर आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ वर्षीय युवराज शर्मा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    बिजुली मर्मत गर्ने क्रममा पोलमा चढेका शर्माको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । मृतक विद्युतका कर्मचारी हुन् ।