आगलागी मुद्दाका फरार पाँच वर्षपछि पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आगलागी मुद्दाका फरार पाँच वर्षपछि पक्राउ

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०७८, सोमबार

    तनहुँ : आगलागी मुद्दामा अदालतबाट सजाय तोकिएका एक प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–११ बस्ने ३४ वर्षीय हिरा कार्की रहेको प्रहरीले जनाएको छ ।

    निजलाई जिल्ला अदालत तनहुँले विसं २०७२ वैशाख २७ गते पाँच महिना १६ दिन कैद सजायको फैसला सुनाएको थियो । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरीले निजलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निजलाई कैद भुक्तानका लागि आइतबार अदालत उपस्थित गराइएको छ ।

    विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजीकार्यलाई प्रहरीले तीव्र पारेको छ ।