नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी नियन्त्रण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी नियन्त्रण

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०७८, सोमबार

    तनहुँ : अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको व्यास नगरपालिका–६ स्थित रिस्ती दोभानबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले ग १ त २०५० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

    प्रहरी चौकी शिशाघाटबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरलाई कारवाहीका लागि व्यास नगरपालिका बुझाइएकोमा नगरपालिकाले रु आठ हजार जरीवाना गराएको छ ।

    यसैगरी बन्दीपुर गाउँपालिका–६ साराङघाटमा अवैध रुपमा सञ्चालन भई हाल बन्द रहेको नमूना ग्रिड एण्ड क्रसर उद्योगबाट अवैध रुपमा ढुङ्गा, गिटी, बालुवा लोड गरी ओसारपसार गरेको ग १ क २७८३ नम्बरको टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका–१ मनकामना चोकबाट नियन्त्रणमा लिइएको टिप्परलाई कारवाहीका लागि बन्दीपुर गाउँपालिका पठाइएकोमा गाउँपालिकाले रु १२ हजार जरीवाना गराएको छ ।