‘तपाईको मास्क खै ?’ (भिडिओ/फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘तपाईको मास्क खै ?’ (भिडिओ/फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०७८, सोमबार

    तनहुँ : कोरोनाको जोखिम बढेपछि तनहुँमा ‘तपाईको मास्क खै ?’ अभियान शुरु गरिएको छ । सर्वसाधारणलाई सचेतना जगाउने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालयले साेमबारदेखि संयुक्त रुपमा उक्त अभियान शुरु गरेको हो ।

    कोरोनाको जोखिम बढ्दै जाँदा सर्वसाधारणले मास्क लगाउने क्रम घटेपछि सचेतना जगाउने उद्देश्यले यो अभियान शुरु गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । “तनहुँ पनि कोरोनाको उच्च जोखिममा रहेकाले सबैलाई मास्क लगाउन अनुरोध गर्दै सचेतनामूलक कार्यक्रम शुरु गरेका हौ,” अधिकारीले भन्नुभयो, “यो अभियानलाई निरन्तरता दिन्छौ ।”

    जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी उपरिक्षक अरुण पौडेलले जिल्लाका अन्य ठाउँमा पनि यो अभियानलाई सञ्चालन गरिने जानकारी दिनुभयो । “कोरोनाको जोखिम उच्च रहेकाले मास्क लगाएर आफू पनि बचौ र अरुलाई पनि बचाऔं भन्ने सन्देशसहित अभियानलाई जिल्लाव्यापी बनाउँछौ,” पौडेलले भन्नुभयो, “शुरुमा मास्क लगाउन आग्रह गर्ने र अटेरी गर्नेलाई जरीवाना गर्छौ ।”

    May be an image of 1 person, standing, food and indoor
    May be an image of one or more people and outdoors

    प्रहरी उपरिक्षक पौडेलका अनुसार सार्वजनिक यातायातका साधनमा पनि नियमित अनुगमन गरिनेछ । “तोकिएभन्दा बढी यात्रु राख्ने र मास्क नलगाएको अवस्थामा भेटिए कारवाही हुन्छ,” उहाँले भन्नुभयो ।

    दमौलीमा शुरु भएको अभियानमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायत सहभागी हुनुभएको छ । सो क्रममा उहाँहरुले सर्वसाधारणलाई मास्क लगाउन सचेतना जगाउँदै निःशुल्क रुपमा मास्क समेत वितरण गर्नुभएको छ ।

    May be an image of 1 person, motorcycle and outdoors
    May be an image of 2 people, people standing and outdoors

    जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले व्यक्ति स्वयंम सचेत भएमात्रै कोरोना जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मास्क मास्क लगाउन अटेरी गर्नेलाई कानून बमोजिम कारवाही गरिने जानकारी दिनुभयो ।

    अभियान अन्तर्गत दमौलीको प्रशासनचोक, सफासडक, भोर्लेटारचोक, भेटघाटचोक, गणेशमानचोक लगायतका ठाउँमा सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरिएको छ ।

    कोरोनाको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय तनहुँले आवश्यक तयारी समेत शुरु गरेको छ । प्रत्येक स्थानीय तहलाई आ–आफ्नो क्षेत्रमा भारत र अन्य मुलुकबाट आउने व्यक्तिहरुको निगरानी राख्न वडास्तर र टोलस्तरमा यस अघि गठन भएका समितिहरुलाई पुनः सक्रिय बनाउने, उनीहरुलाई निगरानीमा राखी दश दिन अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरिएको छ ।

    साथै मठ मन्दिर तथा धार्मिक स्थलमा जमघट गर्न रोक लगाउनुका साथै वैशाख मसान्तसम्म आमसभा तथा जुलुस गर्न रोकिएको छ भने मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी नित्यपूजा र प्राथर्ना मात्र गर्न गरिएको छ ।