दुलेगाैडा : तनहुँमा सोमबार पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् । भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा सङ्क्रमित थपिएका हुन् । थपिएकामध्ये दुई सङ्क्रमित नयाँ हुन् भने तीन जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार भिमाद नगरपालिका–६ का ५४ वर्षीया महिला र भिमाद नगरपालिका–८ का ६६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको छ । त्यस्तै कन्ट्याक्ट ट्रेसिङबाट भिमाद नगरपालिका–६ का ४१ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–८ का ५५ वर्षीया महिला र ७८ वर्षीय पुरुष पहिचान भएका छन् ।