कोरोनाको जोखिम बढेपछि छाब्दीमा पूजाआजा रोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोनाको जोखिम बढेपछि छाब्दीमा पूजाआजा रोक

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०७८, सोमबार

    तनहुँ : कोरोनाको जोखिम बढेपछि तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीवाराही मन्दिरमा पूजाआजा बन्द गरिएको छ । व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरमा मङ्गलबारदेखि पूजाआजा बन्द गरिएको हो ।

    छाब्दीवाराही मन्दिरका अध्यक्ष प्रेम थापाले कोरोनाको त्रास बढेसँगै मन्दिरमा पूजाआज रोक लगाइएको जानकारी दिनुभयो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले पनि धार्मिक स्थलमा भीडभाड नगर्न अनुरोध गरेको थियो । “मन्दिरमा पूजाआजाका लागि विभिन्न जिल्लाबाट भक्तजन आउने र कोरोनाको जोखिम बढ्ने भएकाले पूजाआजा रोक लगाइएको हो,” उहाँले भन्नुभयो, “नित्य पूजा भने नियमित रहन्छ ।” शनिबारका दिन छाब्दीवाराही मन्दिरमा भक्तजनको अत्याधिक भीडभाड रहने गर्दछ ।