पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसियसन तनहुँमा गैह्रे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसियसन तनहुँमा गैह्रे

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०७८, सोमबार

    दुलेगौँडा : नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसियसन तनहुँको अध्यक्षमा सुदिप गैह्रे चयन हुनुभएको छ । सोमबार दमौलीमा भएको दशौँ जिल्ला अधिवेशनले गैह्रेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।


    उपाध्यक्षमा घनराज कुमाल, सचिवमा एलिसा शर्मा र कोषाध्यक्षमा सुमनबहादुर बैठा चयन हुनुभयो ।
    एशोसियसनको सदस्यहरुमा सन्तोष सिंह ठकुरी, विनोद बानियाँ, सन्दिपा श्रेष्ठ, दिपक बिक, मनोज श्रेष्ठ, विनोद अच्छामी र सन्दिप ढकाल चयन हुनुभयो ।


    यस्तै जिल्लाका सबै स्थानिय तहको संयोजक समेत तोकिएको छ । शुक्लागण्डकी नगरपालिकामा ईश्वर रेग्मी, भानुमा सन्दिप ढकाल, व्यासमा सुदिप पन्थ, भिमादमा सन्तोष सिग्देल चयन हुनुभयो । देवघाट गाउँपालिकामा दिपक सुनार, ऋषिङमा गुरुदत्त पोखरेल, बन्दीपुरमा ओम दरै, घिरिङमा महेन्द्र राना, आँबुखैरेनीमा विनोद अच्छामी, म्याग्देमा विवेक थापा चयन हुनुभएको छ ।
    अधिवेशनले रुद्रसिंह ठकुरी र तुल बहादुर थापालाई केन्द्रिय प्रतिनिधि चयन गरेको छ ।


    कार्यक्रमको उद्घाटन नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसियसनका केन्द्रिय सदस्य मुक्ति पौडेलले उद्घाटन गर्नुभएको हो ।