मन्त्रिपरिषद् बैठक : देशभरका विद्यालय बन्द, भर्चुअल माध्यमबाट पढाउन निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्रिपरिषद् बैठक : देशभरका विद्यालय बन्द, भर्चुअल माध्यमबाट पढाउन निर्देशन

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०७८, सोमबार

    काठमाडौं : मन्त्रिपरिषद् बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको दोस्रो प्रकोप भयावह बन्दै गएपछि मन्त्रिपरिषद् बैठकले अनिश्चितकालसम्म विद्यालय बन्द राख्ने, सबै तहका परीक्षा रोक्ने र पठनपाठन भर्चुअल विधिबाट गर्न निर्देशन दिने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो ।

    आजै बसेको मन्त्रिपरिषद् बैठकले २०० संक्रमित नाघेका पहाडी जिल्लाहरूमा निषेधाज्ञा जारी गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसीलाई) अधिकार दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ५०० संक्रमित नाघेका सहरी जिल्लाहरूमा निषेधाज्ञा जारी गर्ने विषयमा आवश्यक निर्णय लिन डीसीसीएमसीलाई अधिकार दिइएको  उनको भनाइ छ ।

    मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रि सीमा नाकमा कडाइ गर्ने, स्वदेश आएका नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने, विदेशी नागरिकको हकमा होटलमा क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय भएको उनको भनाइ छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान व्यवस्थित गर्ने पनि निर्णय गरेको छ । (बाह्रखरी डटकमबाट)