तनहुँ : शुक्लागण्डकी नगरपालिकामा न्यायिक समाजलाई सघाउने गरी मेलमिलाप समाज गठन गरिएको छ । न्यायिक समाजमा आउने विवादलाई निरुपण गर्न सघाउने गरी समाज गठन गरिएको हो ।
समितिको संयोजकमा राजन रिमाल चयन हुनुभएको छ । १३ सदस्यिय हुने समाजको सदस्यमा देवी खत्री, छवीबहादुर खत्री, नवदत्त ढकाल, इन्द्रप्रसाद भट्टराई, बिष्णुमाया आले र चित्रबहादुर हमाल रहनुभएको छ । बाँकी सदस्य पछि मनोनित हुनेछन् ।
नगरका १२ वटैलाई समेटेर समाज गठन गर्न लागेको उपमेयर एव न्यायिक समिति संयोजक सविता रसाईलीले बताउनुभयो । समितिमा रहेका सदस्य स्वतः वडामा गठन हुने मेलमिलाप समाजको संयोजक हुने उहाँले जानकारी दिनुभयो । समितिका सदस्य मेलमिलाप कर्ता हुन् । अब उनीहरुले वडामा आउने विवादलाई निरुपण गर्नेछन् ।
यस्तै राजन रिमालकै संयोकत्वमा ५ सदस्यिय सचिवालय समिति गठन गरिएको छ । सदस्यमा घनश्याम भट्टराई, संविधानसभा सदस्य समेत रहनुभएकी हसिना बेगम, विजय शर्मा र रामचन्द्र खनाल रहनुभएको छ । सचिवालय समितिले नगरको न्यायिक समितिमा आएका विवादको निरुपणमा सहजीकरण गर्नेछन् । दुवै समितिका सदस्यले ४८ घण्टे मेलमिलाप सम्बन्धि तालिम लिएका हुन् ।
मेलमिलापकर्तालाई अभिमुखीकरण तथा पुनतार्जगी तालिमको आयोजना गरी समाजको गठन गरिएको हो । सो अवसरमा उपमेयर सविता रसाईली, प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी, मेलमिलापकर्ता समाजका केन्द्रिय सदस्य दुर्गाबहादुर महत, न्यायिक समितिका कानुनी सल्लाहाकार चेतनारायण पौडेल, किसान परियार लगायतले बोल्नुभएको थियो ।