व्यासमा बुधबारदेखि शिक्षण संस्था बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासमा बुधबारदेखि शिक्षण संस्था बन्द

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०७८, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा बुधबारदेखि शिक्षण संस्था बन्द हुने भएको छ । कोरोनाको जोखिम बढेपछि सरकारले देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेसँगै व्यास नगरपालिकामा बुधबारदेखि शिक्षण संस्था बन्द हुन लागेको हो ।

    नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले भौतिक कक्षा सञ्चालन गरी भर्चुअल र अन्य वैकल्पिक माध्यमबाट पठनपाठन गर्न तथा जनस्वास्थ्य मापदण्ड कायम गर्दै शैक्षिक शत्र २०७७ को वार्षिक परीक्षा अग्रिम सूचना अनुसार सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।