कोरोना सङ्क्रमणबाट शुक्लागण्डकीका वृद्धकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमणबाट शुक्लागण्डकीका वृद्धकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०७८, मंगलवार

    दुलेगाैडा : कोरोना सङ्क्रमणका कारण तनहुँको शुक्लागण्डकी नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय पुरुषको पोखरास्थित मेडिप्लस अस्पतालमा उपचार क्रममा मङ्गलबार मृत्यु भएको हो ।

    उहाँमा वैशाख ८ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । उहाँमा निमोनिया लगायतका समस्या रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    यसैगरी गोरखाको पालुङटार नगरपालिका–५ की ६७ वर्षीया महिलाको पनि उपचारको क्रममा आज मृत्यु भएको छ । उहाँमा वैशाख १३ गते सङ्क्रमण पुष्टि भएको थियो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई सय १७ पुगेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    No photo description available.

    फाइल तस्वीर