तनहुँ : व्यास नगरपालिकाका तीन वटा वडामा तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकाका तीन वटामा वडामा सङ्क्रमित थपिएका हुन् । सबैजना पोखरास्थित लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणबाट पहिचान भएका हुन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार व्यास नगरपालिका–३ का ६२, व्यास नगरपालिका–७ का ४७ र व्यास नगरपालिका–८ का ७१ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।