व्यास, भिमाद र घिरिङमा थपिए सात कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास, भिमाद र घिरिङमा थपिए सात कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०७८, बुधबार

    तनहुँ : तनहुँको तीन पालिकामा बुधबार सात जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको विवरण अनुसार व्यास नगरपालिका, भिमाद नगरपालिका र घिरिङ गाउँपालिकामा सङ्क्रमित थपिएका हुन् ।

    व्यास नगरपालिकामा दुई, भिमाद नगरपालिकामा चार र घिरिङ गाउँपालिकामा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । व्यास र भिमादमा कन्ट्याक्ट ट्रेसिङबाट सङ्क्रमित पहिचान भएका हुन् भने घिरिङमा लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा सङ्क्रमित थपिएका हुन् ।

    व्यास नगरपालिका–१ का ४६ र ७६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–६ का २६ वर्षीय पुरुष, भिमाद नगरपालिका–३ का ३६, ६३ र १५ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।