तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घको महासचिवमा सुबोध अधिकारी मनोनित हुनुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको बुधबार सम्पन्न पहिलो बैठकले सङ्घका पूर्व द्वितीय उपाध्यक्ष समेत रहनुभएका अधिकारीलाई महासचिवमा मनोनित गरेको हो ।
त्यस्तै बैठकले अध्यक्षका प्रत्यासी बैकुण्ठनाथ मिश्रलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।
बैठकले सङ्घको अधिवेशन र पदस्थापन कार्यक्रम सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै कोभिडको जोखिम दिनानुदिन बढिरहेको सन्दर्भमा सम्पूर्ण व्यवसायीलाई उच्च सतर्कता अपनाएर स्वास्थ्य मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले कोभिड व्यवस्थापन र न्यूनीकरणका लागि गर्दै आइरहेको कार्यक्रममा सङ्घ र प्रत्येक बजार इकाईले सहकार्य र समन्वय गर्ने निर्णय समेत बैठकले गरेको छ ।