गण्डकी प्रदेशसभा बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकी प्रदेशसभा बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७८, बुधबार

    पोखरा : गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

    जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिगएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराउनुभएको छ ।

    दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको आरोप एमालेले लगाएको छ ।