ऋषिङको धारापानीमा स्कूटर दुर्घटना : एकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङको धारापानीमा स्कूटर दुर्घटना : एकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७८, बुधबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ स्कूटर दुर्घटना एक जनाको मृत्यु भएको छ । दमौलीबाट जाँदै गरेको ग १८ प ३७७ नम्बरको स्कूटर अनियन्त्रित भई पल्टदा हुँदा ऋषिङ गाउँपालिका–४ बस्ने ३७ वर्षीय सन्देश गजमेरको मृत्यु भएको हो ।

    उनलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा सोही ठाउँ बस्ने २६ वर्षीया पवित्रा रानाभाट घाइते भएकी छन् । निजलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।