अस्पतालबाट जनमोर्चा सांसद खिमविक्रम शाहीको सन्देश- अविश्वासको प्रस्तावको पक्षमा अडिग छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अस्पतालबाट जनमोर्चा सांसद खिमविक्रम शाहीको सन्देश- अविश्वासको प्रस्तावको पक्षमा अडिग छु

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७८, बिहीबार

    पोखरा : बुधबार गण्डकी प्रदेश सभामा उपस्थित नभई अस्पताल भर्ना हुनुभएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले अविश्वास प्रस्तावको पक्षमा प्रतिवद्ध रहेको जनाउनुभएको छ ।

    बिहीबार विज्ञप्ति जारी गर्दै शाहीले उनीमाथि उठेका आशंका निवारण गर्ने प्रयास गर्नुभएको छ । ‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिबद्धता कायमै छ’, उहॉले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।