बन्दीपुरमा आगन्तुक पर्यटकलाई प्रवेश निषेध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा आगन्तुक पर्यटकलाई प्रवेश निषेध

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७८, बिहीबार

    तनहुँ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरको मुख्य बजारमा आगन्तुक पर्यटकलाई प्रवेश निषेध गरिएको छ । कोभिड–१९ को जोखिम बढेपछि गाउँपालिकाले जिल्ला भन्दा बाहिरी ठाउँबाट आउने आगन्तुक पर्यटकलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।

    गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले घुम्न आउने पर्यटकलाई शुक्रबारदेखि मुख्य बजारमा प्रवेश निषेधको निर्णय गरेको हो । “कोरोनाको दोस्रो लहरको जोखिम बढेकाले न्यूनीकरणका लागि यो निर्णय गरिएको हो,” गुरुङले भन्नुभयो । गाउँपालिकाले शुक्रबार नै बसपार्क नजिक स्वास्थ्य सहायता कक्ष स्थापना गर्नेछ ।

    बन्दीपुरमा देशका विभिन्न जिल्लाबाट पर्यटक भ्रमणका लागि आउने गरेका छन् । “बसपार्कमा परिचयपत्र हेरेर मात्रै प्रवेशको व्यवस्था मिलाइनेछ, तनहुँभित्रकै व्यक्तिहरुलाई प्रवेश हुन्छ, बाहिरबाट आएकाहरुलाई त्यहीबाटै फर्काउँछौ,” गुरुङले भन्नुभयो । यस कार्यका लागि सहयोग गर्न यातायात व्यवसायी, उद्योग वाणिज्य सङ्घ, पर्यटन विकास समिति, टोल विकास संस्था, वडा स्तरीय विपद् व्यवस्थापन समिति लगायतलाई आग्रह गरिएको छ ।

    विदेशबाट आउने बन्दीपुरवासीलाई भने क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ । त्यसको व्यवस्थापन सम्बन्धित वडा कार्यालयले गर्नेछ । गाउँपालिकाले कोभिड–१९ को जोखिम कम गर्न मास्क अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।