तनहुँ : दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमका बीचमा तनहुँका परीक्षा सञ्चालनको तयारी थालिएको छ । जिल्लाका स्थानीय तहले शैक्षिक शत्र २०७७ को आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षाको तयारी थालेका हुन् ।
जिल्लाको आँबुखैरेनी गाउँपालिकाले वैशाख २१ गतेबाट आधारभूत तहको परीक्षा शुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । साथै अन्य कक्षाहरुको वार्षिक परीक्षा पनि विद्यालय आफैले वैशाख २१ गतेबाट सञ्चालन गर्न आग्रह गरिएको छ । कक्षा ८ को प्रवेशपत्र, प्रश्नपत्र र उत्तरपुस्तिका वैशाख २० गते गाउँपालिकाकाको कार्यालयबाट वितरण गरिनेछ ।
बन्दीपुर गाउँपालिकाले वैशाख १९ गतेबाट आधारभूत तहको परीक्षा सञ्चालनको तयारी थालेको छ । वैशाख १५ गते बसेको गाउँपालिकाको बसेको बैठकले परीक्षाको मिति तय गरेको शिक्षा शाखा प्रमुख विष्णु खत्रीले बताउनुभयो ।