तनहुँ : तनहुँको विभिन्न पालिकामा शुक्रबार सात जना कोरोना सङ्क्रमित थपिएका छन् । शुक्लागण्डकी, व्यास र भिमाद नगरपालिका तथा देवघाट गाउँपालिकामा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सबै सङ्क्रमित पोखरास्थित लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणबाट पहिचान भएका हुन् ।
स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी नगरपालिका–५ का २७ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–६ का ४८ वर्षीय पुरुष, व्यास नगरपालिका–६ का २६ वर्षीया महिला, व्यास नगरपालिका–८ का २८ वर्षीय पुरुष र भिमाद नगरपालिकाका ११ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै कन्ट्याक्ट ट्रेसिङबाट देवघाट गाउँपालिका-५ स्थत ४३ र ८० वर्षीय पुरुषमा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।