कोरोना सङ्क्रमण: तनहुँका थप तीनको मृत्यु, ५४ थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमण: तनहुँका थप तीनको मृत्यु, ५४ थपिए

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०७८, शुक्रबार

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप तीनको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यासका दुई र शुक्लागण्डकीका एकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।

    व्यास-८ का ६८ वर्षीय पुरुषको पोखरास्थित फिस्टेल अस्पतालमा मृत्यु भएको छ । उहॉमा जेठ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    व्यास-६ का ६० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहॉमा वैशाख ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    शुक्लागण्डकी-४ का ६५ वर्षीय पुरुषको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृत्यु भएको थियो । उहॉमा जेठ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    ५४ सङ्क्रमित थपिए

    यसैगरी शुक्रबार तनहुँमा ५४ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये २७ पुरुष र २७ महिला रहेका छन् ।