माधव पक्षीय सांसद कलिलाले भन्नुभयो, “माधव नेपालको निर्णयमा सहमत छु”
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माधव पक्षीय सांसद कलिलाले भन्नुभयो, “माधव नेपालको निर्णयमा सहमत छु”

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०७८, शुक्रबार

    तनहुँ : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय सांसद कलिला खानले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई अगाडी सार्ने निर्णयमा आफ्नो समर्थन रहेको बताउनुभएको छ । राष्ट्रपतिबाट वैकल्पिक सरकारको आव्हान भएसँगै नेपाली काङ्ग्रेस, नेकपा माओवादी, नेकपा एमाले माधव समूहले बहुमत सांसदको हस्ताक्षर बुझाएका छन्।

    माधव पक्षीय कतिपय सांसदहरुले हस्ताक्षर दुरुपयोग भएको भन्दै विज्ञप्ती सार्वजनिक गरेका छन् । तनहुँकी सांसद कलिला खानले भने माधव नेपालको जुनसुकै निर्णयमा आफ्नो सहमति रहेको बताउनुभयो । “म अहिले चितवन छु, पहिला नै हस्ताक्षर गरेको हो,” उहॉले खबरपुञ्जसँग भन्नुभयो, “उहॉको निर्णय स्वीकार्य छ ।”