तनहुँ : गर्मी ह्वात्तै बढ्दो छ । तर, पहाडकी रानी बन्दीपुरमा जति बेला पनि शितल हावाका झोक्का ठोक्किरहन्छ । गर्मी छल्दै शितल हावाको स्पर्श लिन पर्यटक पोहोर र यसपाली बन्दीपुर उक्लिएका छैनन् । कारण कोरोना भाईरसको सङ्क्रमण रोक्न गरिएको लकडाउन हो ।
लक डाउनमा बन्दीपुर पनि लक भएको छ । यहाँका होटलको दैलोमा भोटे ताल्चा ठोकिएको छ । पर्यटकले भरिभराउ हुने टुँडिखेलको मैदान एक्लिएको छ । थानीमाईको डाँडोले बन्दीपुर बजारलाई एकटक हेरेझै लाग्दछ । हेर्नुस् केही तस्वीर :