तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँको घिरिङका एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार घिरिङ-३ का ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
उहॉमा वैशाख २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी शनिबार तनहुँमा ५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये २३ महिला र ३३ पुरुष छन् ।