दमौली : नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा व्यास–२ निवासी कल्पना गौलीले आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।
महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई गौलीले शनिबार ५ हजार ५ हस्तान्तरण गर्नु भएको हो। तनहुँकै सफल महिला उद्यमी सहित विभिन्न सामाजिक संघ संस्थामा समेत अभियान्ताको रुपमा सफलतापूर्वक नेतृत्व गर्नुहुने गौलीले पत्रकारहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गरेको बताउनुभयो । सो अवसरमा उहाँले आगामी दिनमा समेत नेपाल पत्रकार महासंघलाई सहयोग गर्ने वचनवद्वता ब्यक्त गर्नुभयो । उहाँ माँ उम्बे पूजा सामग्री उद्योगको संचालक समेत हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ तनहुँको कल्याणकारी कोषमा रकम प्रदान गर्नु भएकोमा शाखा अध्यक्ष पौडेलले धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो । कल्याणकारी कोषमा सहयोगका लागि पत्रकारहरू, शुभेक्षछुक, सहयोगी संस्था व्यक्तिहरुलाई सहयोगको आव्हान गरिएको छ।