दमाैली : नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि नेपाल सरकारका उपसचिव तथा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले रु पाँच हजार पाँच सय ५५ आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
व्यास-१२ कमलबारी निवासी नागिलाले महासंघ तनहुँ शाखाका सहसचिव प्रकाश अधिकारीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो। पत्रकार महासंघ तनहुँकाे यो अभियान निकै महत्त्वपूर्ण रहेकाे र जिल्लाका पत्रकारलाई कोभिड-१९ हुँदा होस् अथवा दुख पर्दा यो अभियानले सहयोग पुग्ने नागिलाले बताउनुभयो।
महासङ्घकाे अपिल बमाेजिम कल्याणकारी काेषमा रकम आउने क्रम शुरु भएकाे छ ।