कोरोना सङ्क्रमण : भिमादका एक महिलाको मृत्यु, ६१ सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमण : भिमादका एक महिलाको मृत्यु, ६१ सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०७८, आईतवार

    तनहुँ : काेरोना सङ्क्रमणबाट तनहुँमा थप एक जनाको मृत्यु भएको छ । भिमाद नगरपालिका–६ निवासी ५४ वर्षीया महिलाको जेठ ८ गते मृत्यु भएको हो ।

    उहाँको मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उहाँमा वैशाख १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थयो ।

    यसैगरी आइतबार तनहुँमा ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमध्ये ३० महिला र ३१ पुरुष छन् ।