आफैं खोप किन्न रामपुर नगरपालिकाले माग्यो स्वास्थ्य मन्त्रालयसँग अनुमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आफैं खोप किन्न रामपुर नगरपालिकाले माग्यो स्वास्थ्य मन्त्रालयसँग अनुमति

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०७८, आईतवार

    पोखरा : पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले आफैं कोरोना महामारीविरुद्ध आफैं खोप खरिद गर्ने भन्दै अनुमति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार निवेदन दिनुभएको छ ।

    सरकारले खोप उपलब्ध गराउन समय लागेपछि भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसँग भेटेर अनुमति मागेको थापाले बताउनुभयो ।

    रामपुर नगरपालिकाले आफ्ना सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप चाहेका छौं । यसका लागि यसअघि नेपाल सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार ५० हजार डोज खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका छौं,’ मेयर थापाले भन्नुभयो , ‘स्वास्थ्यमन्त्रीज्यूलाई भेटेर निवेदन दिएका छौं । उहाँ सकारात्मक हुनुहुन्छ ।’

    मेयर थापाले भारतमा रहेका रामपुर वडा नम्बर ७ का सन्दीप रानाले खोप ल्याउन समन्वय गर्न सक्ने भनेकाले खोप खरिद गर्न अनुमति मागिएको बताउनुभयो ।

    अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत रहेका सन्दीपसँगको समन्वयमै खोप खरिदको प्रक्रिया अगाडि बढाइएको र खर्चको प्रवन्ध पनि पालिकाले नै गर्ने मेयर थापाको भनाइ छ ।

    रामपुर नगरपालिकामा अहिले ४२ जना सक्रिय संक्रमित छन् । तीमध्ये ५ जना गम्भीर बिरामीको प्रादेशिकस्तरको रामपुर अस्पतालमा उपचार भइरहेको छ ।

    नगरपालिकामा रामपुरमा २० बेड, वडा नम्बर १, ९ र १० मा ५/५ बेडको आइसोलेसन तयार पारेको छ । चालु आर्थिक वर्षमा १५ करोडको हाराहारीमा विकास बजेट विनियोजन भएको मेयर थापाको भनाइ छ । स्थानीय तहले सक्ने जति पहल गर्न दिने र त्यसमा संघीय सरकारले वातावरण मिलाइने गर्ने हो भने पनि धेरै छिटो खोप आउने उहॉको भनाइ थियो । (अनलाइन खबरबाट)