दमाैली : जन्म दिनको अवसर पारेर व्यास–२ मालेबगर निवासी मछिन्द्रादेवी श्रेष्ठले नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि रकम हस्तान्तरण गर्नुभएको छ ।
श्रेष्ठले ७१ वर्ष प्रवेशको अवसरमा रु पाँच हजार पाँच सय ५५ प्रदान गर्नुभएको हो । नेपाल घरेलु तथा साना उद्योग व्यवसायी समिति केन्द्रीय सदस्य समेत रहनुभएकी श्रेष्ठले जन्मदिनको अवसरमा समाजको ऐनाको रुपामा काम गर्ने सञ्चार जगतको हितमा प्रयोग गर्ने कल्याणकारी कोषमा रकम हस्तान्तरण गरिएको बताउनुभयो । महासङ्घको कल्याणकारी कोषका लागि रकम प्रदान गर्नुभएकामा शाखाका अध्यक्ष उज्वल पौडेलले धन्यवाद ज्ञापन गर्नुभयो ।
यसैगरी व्यास–५ निवासी रमेश खनालले रु २५ सय सहयोग गर्नुभएको छ । दुनाटपरी रेष्टुरेन्टका सञ्चालक खनालले उक्त सहयोग गर्नुभएको हो ।
शाखाको जेठ १ गते बसेको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो । कोषमा सहयोग गर्न पत्रकारहरु, शुभेच्छुक, सहयोगी संस्था र व्यक्तिहरुलाई अनुरोध गरिएको कोषाध्यक्ष विमला दुवाडीले बताउनुभयो ।