काङ्ग्रेस नेता प्रदीप पौडेलको सक्रियतामा तीन सय शय्याको आइसोलेशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काङ्ग्रेस नेता प्रदीप पौडेलको सक्रियतामा तीन सय शय्याको आइसोलेशन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको सक्रियतामा राजधानीको नागार्जुनमा कोभिड संक्रमितको आपतकालीन उपचारका लागि ३ सय क्षमताको आइसोलेशन सञ्चालनमा आएको छ ।

    कोभिड संक्रमितको संख्या बढ्दै जान थाले पछि पौडेलले सामाजिक सञ्जालमा कोभिड अस्पताल सञ्चालन गर्ने अभियानमा सघाउनका लागि अपिल गर्नुभएको थियो । बिहिबारबाट सञ्चालनमा आएको आइसोलेशनमा तीन सय कोभिड संक्रमितको उपचार हुने बताइएको छ ।

    जहॉ ४० आईसीयु तथा तीन सय शैय्याको बेड छ । तत्काल अक्सिजन दिनु पर्ने बिरामीलाई अस्पतालले सेवा दिनेछ । यसलाई सर्वांग अस्पतालले प्राविधिक तथा नेपाल चार्टड एकाउण्ट एसोसिएसनले प्राविधिक सहयोग गरिरहेको छ ।

    ‘कोभिड संक्रमणका कारण बिरामीले उपचार नपाउने अवस्था देखिन थाले पछि तत्काल यस्तो अस्पताल सञ्चालन गर्नुपर्छ भनेर थालेका हौं,’ उहॉले भन्नुभयो ।