तनहुँ : तनहुँमा सोमबार १०४ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार जिल्लाका १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यसमध्ये ४७ महिला र ५७ पुरुष छन् ।
यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा तनहुँका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बन्दीपुर र शुक्लागण्डकीका दुई जनाका उपचारको क्रममा मृत्यु भएको हो ।
बन्दीपुर-१ का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहॉमा जेठ ४ गते कोरोना पुष्टि भएको थियो ।
शुक्लागण्डकी-७ का ३३ वर्षीय पुरुषको कास्की मोडल अस्पतालमा मृत्यु भएको छ । उहॉमा जेठ ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।