तनहुँ : तनहुँ क्षेत्र नम्बर १ का निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठको पहलमा व्यास नगरपालिकाले स्थापना गर्न लागेको पिसिआर प्रयोगशालालाई रु २५ लाख विनियोजन भएको छ । अर्थ मन्त्रालयले पिसिआर प्रयोगशाला स्थापनाका लागि उक्त बजेट विनियोजन गरेको हो।
केही दिन अघि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा श्रेष्ठले काठमाडौं फर्केपछि प्रयोगशाला स्थापनाका लागि रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो । सोही प्रतिबद्धता अनुसार अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने निर्णय गरेको हो ।
पिसिआर रिपोर्ट आउन हप्ता दिन लागेपछि नगरपालिकाले व्यास-१० दुम्सीमा पिसिआर प्रयोगशाला स्थापनाको तयारी गरेको छ । नगरपालिकाले प्रयोगशालाका लागि सहयोग गर्न सबैसँग अनुरोध समेत गरेको छ ।