बुडुवाखोला पुल निर्माण धमाधम (तस्वीरहरु सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुडुवाखोला पुल निर्माण धमाधम (तस्वीरहरु सहित)

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०७८, मंगलवार

    तनहुँ : तनहुँको भिमाद नगरपालिका–३ स्थित बुडुवाखोलामा निर्माण भइरहेको पुलले गति लिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण शुरु भएको थियो ।

    निषेधाज्ञाको क्रममा पनि स्वास्थ्य मापदण्ड पूरा गरेर पुल निर्माणलाई तीव्रता दिइएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङको पहलमा यहाँ पुल निर्माण भइरहेको छ ।

    May be an image of outdoors
    May be an image of outdoors

    रु दुई करोड पाँच लाख ५७ हजार एक सय ४४ को लागतमा निर्माण भएको पुल विसं २०७८ असार २७ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद छ । पुल निर्माणका लागि विसं २०७७ साउन २८ गते गणेश कुण्ड÷निर्माण सेवा नुवाकोटसँग सम्झौता भएको थियो । पुल १९.८ मिटर लामो हुनेछ । उक्त ठाउँमा पुल नहुँदा वर्षायाममा सर्वसाधारणलाई सास्ती हुँदै आएको स्थानीयवासी पदम ठकुरीले जानकारी दिनुभयो । यस भेगका जनताले वर्षौदेखि खेपेको सास्ती पुल निर्माणपछि निराकरण हुने ठकुरीले बताउनुभयो ।

    May be an image of body of water