दमाैली : लायन्स क्लव अफ तनहुँ दमौलीले व्यास नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन क्लवले नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।
क्लवका अध्यक्ष सरोज भण्डारी लगायत पदाधिकारीले मङ्गलबार नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई उक्त अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । समाजसेवा नै मूल मन्त्र ठानेर सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्थाले नगरवासीको जीवन रक्षाका लागि उक्त सहयोग गरेको भण्डारीले बताउनुभयो । “नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा अक्सिजनको अभाव हुन नदिन रु एक लाख २७ हजारको उपकरण सहयोग गरेका हौ,” उहाँले भन्नुभयो ।
नगर प्रमुख न्यौपानेले संस्थाले विगतका दिनमा गरेको सामाजिक क्रियाकलापहरुको उच्च मूल्याङ्कन गर्दै सामाजिक काममा आफूलाई सदैव क्रियाशील राख्न आग्रह गर्नुभयो ।