व्यासको पिसिआर प्रयोगशालालाई प्रदेश सरकारको रु ५० लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको पिसिआर प्रयोगशालालाई प्रदेश सरकारको रु ५० लाख

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०७८, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले स्थापना गर्न लागेको पिसिआर प्रयोगशालाका लागि गण्डकी प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको छ । पिसिआर रिपोर्ट आउन ढिलाई भएपछि नगरपालिकाले व्यास-१० दुम्सीमा स्थापना गर्न लागेको प्रयोगशालाका लागि प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने निर्णय गरेको हो ।

    गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङको पहलमा प्रयोगशालालाई उक्त रकम विनियोजन भएको हो । सोमबार मात्रै सङ्घीय सरकारबाट पनि प्रयोगशालाका लागि रु २५ लाख विनियोजन भएको थियो ।

    पिसिआर मेसिन खरिद र प्रयोगशालाका लागि सहयोग गरेकामा नगरपालिकालो दुवै सरकारप्रति धन्यवाद ज्ञापन गरेको नगरपालिकाका अधिकृत मेघनाथ आचार्यले जानकारी दिनुभयो ।

    आधारभूत स्वास्थ्य केन्द्रको भवनमा छिटो भन्दा छिटो प्रयोगशाला निर्माणको काम अगाडी बढाउन निर्देशन गरिएको छ ।