तनहुँ : तनहुँमा मङ्गलबार दुई जना महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। भिमाद र शुक्लागण्डकी नगरपालिकाका दुई महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।
भिमाद-२ की ८० वर्षीया महिलाको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उहॉमा जेठ ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
शुक्लागण्डकी-२ की ८८ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहॉमा वैशाख २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी मङ्गलबार तनहुँमा ६२ जना सङ्क्रमित थपिएका छन् । ३२ महिला र ३० पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।