दमाैली : सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले कोभिड विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ । सरकारले उपलब्ध गराउन नसकेको खण्डमा नगरपालिकाले नै खरिद गर्नका लागि अनुमति दिन नगरपालिकाले माग गरेको छ ।
“कोभिड–१९ को सङ्क्रमण विभिन्न भेरियन्टमा पटक–पटक महामारीको रुपमा फैलिएको र यसको नियन्त्रणको सबैभन्दा उत्तम विकल्पको रुपमा देखिएको कोभिड विरुद्धको खोप लगाउनका लागि सरकारले विभिन्न चरणमा अभियान सञ्चालन ग¥यो,” नगरप्रमुख वैकुण्ठ न्यौपानेले भन्नुभयो, “तथापि यो खोप आम नागरिकहरुको पहुँचमा सहज रुपमा पुगिसकेको छैन ।” सरकारले उपलब्ध गराउन नसकेको खण्डमा नगरपालिकाले आफैले खरिद गरी नगरवासीलाई खोप लगाउन तयार रहेको न्यौपानेले बताउनुभयो ।
जिल्लाको म्याग्दे गाउँपालिकाले पनि सरकारसँग खोप खरिदको अनुमति माग गरेको छ । स्थानीय तहहरुले विकास बजेट कटौती गरेर पनि खोप किन्ने बताएका छन् । जनताको जीवनरक्षा भन्दा ठूलो अरु नहुने भएकाले स्थानीय तह आफै खोप खरिद गर्न अग्रसर भएका हुन् ।
व्यास नगरपालिकाका तीन सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसमध्ये दुई सय १२ सक्रिय छन् ।