छुटेकालाई जेठ १६ र १७ गते कोभिड विरुद्धको खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छुटेकालाई जेठ १६ र १७ गते कोभिड विरुद्धको खोप

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०७८, बुधबार

    दमाैली : पहिलो मात्राको खोप लगाएर छुटेकालाई तनहुँमा जेठ १६ र १७ गतेदोस्रो मात्राको कोभिड विरुद्धको खोप लगाइने भएको छ । गत फागुन २३ गतेभन्दा अगाडी पहिलो प्राथमिकतामा परी कोभिशिल्ड खोप लगाएका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वयंसेविका, कैदीबन्दी, वृद्धवृद्धा, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, सरकारी सेवाका कर्मचारी, सुरक्षाकर्मी, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलाई जेठ १६ र १७ गते दोस्रो मात्राको खोप लगाउन लागिएको हो ।

    स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले पहिलो मात्रा लगाएको खोप कार्ड लिई सम्बन्धित खोपकेन्द्रबाट खोप लगाउन सक्ने जानकारी दिनुभयो । जिल्लाका दशवटै स्थानीय तहका स्वास्थ्य केन्द्रमा खोप केन्द्र निर्धारण गरिएको छ ।

    व्यास नगरपालिकास्थित व्यास नपा सभाहल, स्वास्थ्य कार्यालय भवन, कारागार, भानु नगरपालिकास्थित नारेश्वर आधारभूत स्वास्थ्य केन्द्र, शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, भिमाद नगरपालिकास्थित भिमाद प्राथमिक स्वास्थ्य कृेन्द्र, बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पताल, घिरिङ गाउँपालिकास्थित घिरिङ स्वास्थ्यचौकी, ऋषिङ गाउँपालिकास्थित वडा नं १ को भवन, कोटदरवार स्वास्थ्य चौकी, देवघाट गाउँपालिकास्थित देवघाट धर्मास्थल अस्पताल, आँबुखैरेनी गाउँपालिकास्थित स्वास्थ्यचौकी र म्याग्दे गाउँपालिकास्थित जामुने स्वास्थ्य चौकीमा खोप लगाइनेछ ।