दमाैली : तनहुँको व्यास नगरपालिकाले जेठ २ र ३ गते सङ्कलन गरी पठाएको स्वाबको रिपोर्ट दशदिनपछि बुधबार प्राप्त भएको छ । स्वाब पठाएको दश दिनपछि पिसिआर रिपोर्ट आउँदा नगरपालिकामा ६४ जना सङ्क्रमित थपिएका छन् ।
जेठ २ गते पठाएकोमध्ये ४५ र जेठ ३ गते पठाएकोमा १९ गरी ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।
सोतीले बुधबार पनि नगरका विभिन्न वडामा स्वाब सङ्कलन गरिएको बताउनुभयो ।