बढिमा चार जना कर्मचारीबाट बैङ्क खुलाउन व्यासको सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बढिमा चार जना कर्मचारीबाट बैङ्क खुलाउन व्यासको सिफारिस

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०७८, बुधबार

    दमाैली : व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित बैङ्क अति आवश्यक कामको लागि खुल्ला गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले बैङ्क बन्द हुँदा सङ्क्रमितको परिवारले भुक्तानी लिन नपाउँदा उपचारमा समस्या भएको जनगुनासो आएपछि स्वास्थ्य मापदण्ड पालना गर्दै बैङ्क खुल्ला गराउन केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

    बैङ्क बन्द हुँदा रकम झिक्न नपाउँदा समस्या भएपछि नगरपालिकाले बिहान १० बजेदेखि १२ बजेसम्म बढिमा चार जना कर्मचारी परिचालन गरी बैङ्क खुल्ला गर्न सिफारिस गरिएको नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिनुभयो ।

    निषेधाज्ञाको अवस्थामा पनि दमौली बजारका भित्री बाटा तथा सार्वजनिक स्थान लगायत ग्रामीण वडामा मानिसहरुको चहलपहल एवं भिडभाड भइरहेको भन्ने जनगुनासो आएकाले स्थानीय प्रहरी प्रशासनलाई सोको अनुगमन गरिदिन नगरपालिकाले अनुरोध गरेको छ ।