पाेखरा : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका ११ वटै जिल्लाका जिल्ला संकट व्यवस्थापन समिति (डिसिएमसी)सँग भर्चुअल बैठक गर्नुभएकाे छ । डिसिएमसी साेही जिल्लाकाे प्रमुख जिल्ला अधिकारीका नेतृत्वमा गठन गरिएकाे छ ।
स्वास्थ्यमन्त्रीकाे जिम्मेवारीसमेत सम्हालेपछि मुख्यमन्त्रीले डिसिएमसीका प्रमुखसहित सदस्यहरुसँग बैठक गर्नुभएकाे हाे । मुख्यमन्त्रीका प्रेस संयाेजक बिक्रम न्याैपानेले बैठकमा मुख्यमन्त्रीले दिएकाे निर्देशनलाई बुँदागत रुपमा उपलब्ध गराउनुभएकाे छ ।
मुख्यमन्त्री गुरुङले दिनुभएकाे निर्देशनहरु :
मास्क लगाउन अनिवार्य गर्नाेस् |
एफएम, पत्रपत्रिका र अनलाइन न्युज साइटहरुबाट जागरण गराउनोस् ।
एम्बुलेस रेगुलेटमा निगरानी राख्नोस् ।
अक्सिजन कमी भए यथाशीघ्र खबर गर्नाेस् ।
विकास र निर्माणलाई प्रोटोकल मेन्टेन गरेर निरन्तरता दिनोस्निजी क्षेत्र र पार्टीहरुको सहयोग लिनोस् ।
खाना खुवाउने कुरामा एकद्वार प्रणाली नै उपयुक्त हुन्छ ।
जनचेतना अभिवृद्धिमा विशेष ध्यान दिनुहोस् ।
समाज र मानिसहरु दुखी छन्, आत्तिएका छन्, त्यसैले सरकार छ, सहयोग भइरहेको कुरा विश्वस्त बनाउनु होस् ।
फिल्डमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको खानपिनमा ध्यान पुर्याउनु होस् ।
डक्टर र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनु होस, उनीहरुलाई सम्मान गर्ने वातावरण बनाउनु होस् ।
जनतासँग नरम व्यवहार गर्नुहोस् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाबको नमुना प्राप्त भएको २४ घन्टामा पिसिआरका रिपोर्ट उपलब्ध गराइने छ ।
औषधीको स्टकबारे सचेत बन्नुहोस् ।
अस्पतालमा विभिन्न तरिकाबाट हुने ठगी र दलालीलाई निगरानी र नियन्त्रण गर्नुहोस् ।
सम्भावित थर्डवेभको तयारीमा के के गर्नु उपयुक्त हुन्छ ? व्यवस्थित सुझाव डिसिएमसीको तर्फबाट पठाउनुहोस् स्थानीय सरकारसँग व्यापक समन्वय गर्नुहोस् ।
सामान्यतया जनतामा गरिने सेवा प्रवाहमा हेल्थ प्रोटोकल ख्याल गरी निरन्तरता दिनुहोस् ।
यो दुखको बेला जनतासँग नजिकको सम्बन्ध कायम गर्नुहोस् ।
कोभिड १९ को बाहेकका बिरामीको सेवालाई निरन्तरता दिन पनि आवश्यक व्यवस्थापन गर्नुहोस् ।
अब वर्षा लाग्न लाग्यो, बाढी पहिरो लगायत जोखिम नियन्त्रण गर्न लाग्नुपर्छ, यसतर्फ ध्यान दिनुहोस् ।
तपाईं सिडिओ, डिसिएमसीका सदस्यहरुको स्वास्थ्यको ख्याल गर्नुहोला ।